Thursday, April 23, 2026
spot_img
spot_img

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

spot_img
spot_img

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै छ। बोर्डको संचालक समितिमा अर्थ मन्त्रालयमा प्रतिनिधित्व गर्ने मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीको अध्यक्षतामा आज साँझ बोर्ड बैठक बस्न लागेको हो।

बोर्डका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए। त्यसपछि धितोपत्र सम्बन्धी ऐन २०६३ मा भएको व्यवस्था अनुसार खत्री स्वत बोर्ड अध्यक्ष भएका हुन् ।

ऐनको दफा ७ को उपदफा ८ मा  अध्यक्षको पद रिक्त भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ। सोहि अनुसार अब अर्को अध्यक्ष नियुक्त नहुँदा सम्म खत्रीले बोर्ड अध्यक्षको रुपमा काम गर्ने छन्।

आज बोर्ड बैठकको लागि अध्यक्षले आफ्नो अधिकार विभिन्न कार्यकारी निर्देशकहरुलाई प्रत्यायोजन गर्ने एजेण्डा राखिएको स्रोतले जनाएको छ। खत्रीले नियमित रुपमा बोर्डमा आएर काम गर्न नभ्याउने भएकोले उनले आफ्नो अधिकार कार्यकारी निर्देशकहरुलाई प्रत्यायोजन गर्न सक्ने छन्।

खत्री आगामी आर्थिक वर्षको बजेट लेखन टिममा पनि छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी जेठ १५ गते प्रस्तुत गर्ने बजेट भाषण लेखन समितिको संय‍ोजक राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उत्तर खत्रीलाई तोकेका छन्।

सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...
spot_img