सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो।
बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा.गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय सदस्य र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञको रुपमा भुवन कुमार दाहाल रहेका छन्।
अब यो समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि कार्यविधि बनाएर अध्यक्ष पदको लागि दरखास्त आह्वान गर्ने छ। समितिले ऐन बमोजिम योग्यता पुगेका कम्तिमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नु पर्ने छ। ति मध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नु पर्ने छ ।
यस अघि : ११ महिनाबाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष













