नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले आफ्नो समूहकोउम्मेदवारी घोषणा गरेका छन्। यसअघि नै वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका श्रेष्ठले आज सोमबार औपचारिक रुपमा सम्पूर्ण टिम सहितको उम्मेदवारी घोषणा गरेका हुन्।
श्रेष्ठको समूहबाट कमला श्रेष्ठ, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, लिलेन्द्र प्रसाद प्रधान, पशुपति देव पाण्डे,
हरि बहादुर कार्की, सागर ढकाल, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, कृष्ण भक्त श्रेष्ठ, बिदुर धमला, सुरज बन्जाडे, सुनैना घिमिरे पाण्डे, विप्लव अधिकारी र सुधिर पराजुली केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।
सबै व्यवसाय र पेशालाई समेटेर टिम बनाएको तथा पर्यटन, कृषि, औषधि, रियलस्टेट, सेयर ब्रोकर, इन्धन सबै क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गरेको समूहले जनाएको छ।
वस्तुगत उपाध्यक्षमा श्रेष्ठसँग शिवप्रसाद घिमिरेले प्रतिस्पर्धा गर्दैछन् । घिमिरेले पनि आफ्नो समूहको औपचारिक घोषणा गरिसकेका छन् ।













