काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । खड्कालाई आज आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो।
पक्राउपछि म्याद थपको लागि अदालत लगिएकोमा अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नेपाली कांग्रेसका नेता रहेका उनी पूर्व उर्जा जलस्रोत तथा सिचाई मन्त्री हुन् ।
भदौ २४ मा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । यसै विषयमा आधारित रहेको सीआईबीले अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको बताईएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । उनले सम्पत्ति शुद्धीकरण गरेको आशंका छ।












