Tuesday, June 30, 2026
spot_img

देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान, जयवीरले किनेको ७३ रोपनी जग्गाको विवरण गृहमा

spot_img
spot_img

नवगठित सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा परिवारका सदस्यहरुको सम्पत्ति विवरण समेत संकलन गरिसकेको छ ।

जेन जी आन्दोलनका क्रममा आगजनीमा परेको घर भत्काउन लागिएकोमा अहिले घर भत्काउने काम समेत रोक्न लगाइएको छ । प्रमाण नष्ट गर्नसक्ने आशंका गर्दै शम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नै बूढानीलकण्ठस्थित देउवाको घर भत्काउने काम रोक लगाएको हो ।

यसैबीच, देउवा परिवार विरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । तर, अनुसन्धान अघि बढेको थिएन । अब भने यसअघि नै जुटाइएका प्रमाणहरु संकलन गरेर अनुसन्धान अघि बढाउन लागिएको विभाग स्रोतले जनाएको छ ।

स्रोतका अनुसार २ वर्षभित्र मात्रै देउवा पुत्र जयवीरले आफ्ना नातेदार र आफन्तसँग मिलेर करिब ७३ रोपनी जग्गा किनेको विवरण अहिले गृह मन्त्रालयमा आइसकेको छ । यसका साथै, विभिन्न व्यक्तिसँग जयवीरले गरेको कारोबारको विवरण समेत संकलन भइरहेको स्रोतले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...
spot_img