Wednesday, July 22, 2026
spot_img

भारतले भन्यो ‘नेपालमा बन्ने नयाँ सरकारसँग काम गर्न तत्पर छौँ ‘

spot_img

नेपालमा भएको निर्वाचनका सम्बन्धमा भारतले प्रतिक्रिया दिएको छ । भारतले नेपालमा सम्पन्न निर्वाचनको स्वागत गरेका हुन् ।

भरतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता  रणधीर जायसवालले उत्साहजनक सहभागितासहित नेपालका नागरिकहरुद्वारा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको कार्यको स्वागत गरेका हुन्। गत वर्ष घटेका असाधारण परिस्थितिहरुका बाबजुद यो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई बधाई दिएका छन्।

भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको  र  सोही प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारको अनुरोधमा यस चुनावका लागि लजिस्टिक (बन्दोबस्तीका) सामग्रीहरू उपलब्ध गराएको भारतले उल्लेख गरेको छ।  दुई देश र जनताबीचको मजबुत एवम् बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको समेत भारतले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img