काठमाडौँको सुकेधारामा ‘मर्क्योर’ ब्राण्डमा पाँच तारे होटेल संचालन गरिरहेको कम्पनी दि मेट्रोपोलिटन होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन २८ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको हो।
सभाको विशेष प्रस्तावमा कम्पनीको आईपीओ निष्काशन गर्ने, सो को लागि सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको पुँजी वृद्धि गर्ने, पुँजी संरचना परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन आवश्यक परेमा सो कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छन्।
३ अर्ब लागतमा बनेको मर्क्योर होटेल २०८१ माघबाट संचालनमा आएको हो।









