Saturday, May 2, 2026
spot_img
spot_img

चन्द्र ढकालको नेतृत्वमा जन्मियो १० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’, कहाँ गर्छ लगानी ?

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा १० अर्ब रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ स्थापना भएको छ । देशभर उद्योगी व्यवसायीहरुको लगानी हुने गरि सामूहिक लगानी कोष मोडलको इन्भेष्टमेन्ट कम्पनी स्थापना भएको हो ।

यो कम्पनीले मुलुकमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्नेछ । प्रतिफलयुक्त ठूला पूर्वाधार परियोजनाहरुमा लगानी गर्ने उद्देश्यसहित सबै जिल्लाका उद्योगी व्यवसायीहरुको सामूहिक लगानी रहने गरि कम्पनी स्थापना गरिएको महासंघका अध्यक्ष ढकालले बताए ।

यसअघि अध्यक्ष ढकालले महासंघको ढोरपाटमा भएको कार्यसमिति बैठकबाट १० अर्ब रुपैयाँको इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने उद्घोष गरेका थिए ।

नयाँ स्थापित कम्पनीको सञ्चालकमा अध्यक्ष ढकालसहित नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटा र उद्यमी मनोज पौडेल छन् ,

कम्पनीको जारी पूँजी १० अर्ब हुने छ भने १ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनेछ । कम्पनीले सर्वसाधारण नागरिकमा प्राथमिक सेयर निष्काशन गरेर सर्वसाधारणलाई समेत समेट्ने लक्ष्य लिएको अध्यक्ष ढकालको भनाइ छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img