Saturday, July 25, 2026
spot_img

रवि-बालेन एकताले शेयर लगानीकर्ता उत्साहित, ४७ अंकले बढ्यो नेप्से

spot_img

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ४७.५५ अंकले बढेर २६३३.४२ को बिन्दुमा पुगेको छ।

आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एकताको सम्झौता भएसँगै शेयर लगानीकर्ता पनि उत्साहित भएको देखिन्छन् । आज कारोबारमा आएका सबै उपसूचकहरु बढेका छन् । जसमा फाइनान्स समूह सर्वाधिक  २.७० प्रतिशतले बढेका छन् ।

आज कारोबारमा आएका ३२८ कम्पनीका १ करोड ३४ लाख ६८ हजार १ सय ४५ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँ ५८ पैसाको कारोबार भएको छ। जस मध्ये युनियन हाइड्रोको सर्वाधिक २७ करोड ६० लाखको कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये मिड सोलु हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.४९ प्रतिशत बढेको छ भने जोशी हाइड्रोको शेयर मूल्य ६.९७ प्रतिशत बढेको छ। त्यस्तै अपर स्यांगे हाइड्रोको शेयर मूल्य ६.५२ प्रतिशतले बढ्दा रुरु जलविद्युतको शेयर मूल्य ५.१६ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका मध्ये विन नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। कम्पनीलाई स्वरोजगार लघुवित्तले गाभ्ने भएपछि कम्पनीको शेयर मूल्यमा गिरावट आएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img