Sunday, July 26, 2026
spot_img

पाँचतारेमा अपग्रेड हुँदै होटेल सब्रिना लिमिटेड, व्यवस्थापन Golden Tulip Louvre लाई दिने तयारी

spot_img

होटेल सब्रिना लिमिटेडले होटेल संचालनको लागि अन्तराष्ट्रिय ब्राण्ड गोल्डेन ट्युलिप लुभ्रसँग फ्रेन्चाईज सम्झौता गर्ने भएको छ । कम्पनीले पुस ७ गते बोलाएको साधारणसभामा Golden Tulip Louvre सँग सम्झौता गर्ने प्रस्ताव पेश हुन लागेको हो ।

यस अघि होटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको थियो। अब भने कम्पनीले अर्को अन्तराष्ट्रिय ब्रान्डसँग सम्झौता गर्न लागेको हो।

कम्पनीले बोलाएको साधारणसभामा पाँच तारे होटेलको लागि लाईसेन्स लिने र पाँचतारे होटेलको मापदण्ड अनुसारको भौतिक संरचना निर्माण गर्नको लागि आवश्यक कार्य गर्ने प्रस्ताव पनि पेश हुने छ।  पाँचतारे होटेलमा अपग्रेड हुनको लागि वातावरणीय प्रभाव मुल्याकनको काम पनि कम्पनीले गरिरहेको छ।

कम्पनीले आईपीओ निष्काशनको लागि दिएको आवेदन नेपाल धितोपत्र बोर्डले  असोज ७ गते दर्ता गरेको थ्यियो। कम्पनीले ४७ लाख ४ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। आईपीओ निष्काशनको लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

कम्पनीले काठमाडौंको बुढानिलकण्ठमा होटल सब्रिना संचालन गरिरहेको छ।  पाँचतारे होटेलमा अपग्रेड  सम्पन्न भएपछि यो होटेलमा १२० कोठा हुने प्रस्ताव गरिएको छ।

कम्पनीका अध्यक्ष  निराजन थापा हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...
spot_img