Monday, July 6, 2026
spot_img

नेपाल एयरलाइन्सले आफ्ना जहाज डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने

spot_img

नेपाल एयरलाइन्सले आफ्ना जहाज डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ । हाल निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा भारतको विमानस्थललाई आधार गरी डाइभर्ट भइरहेकोमा अबदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिने भएको हो ।

निगमले मंसिर १ गते नै मंसिर ३ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरेको प्रवक्ता अनिल घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा जहाज डाइभर्ट गर्नुपरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई अल्टरनेटिभ विमानस्थलका रुपमा प्रयोग गर्ने निर्णय भएको हो ।

निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अल्टरनेटिभ विमानस्थलका रुपमा प्रयोग गर्दा उल्लेखनीय खर्च कटौती भई समयको समेत वचत हुने विश्वास लिएको छ ।

साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत अल्टरनेटिभ विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय समेत भएको निगमले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img