टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको चर्चित एसयूभी सियरा ईभीको प्रि–बुकिङ सुरू भएको छ । कम्पनीले नाडा अटो शो २०२६ बाट सियरा ईभीको बिक्रीका लागि बुकिङ लिन थालेको हो ।
अहिले कम्पनीले ७५ किलोवाट आवरको ब्याट्री प्याकमा सियरा ईभी नेपाल ल्याएको हो ।
कम्पनीले यो ईभीको मूल्य भने सार्वजनिक गरेको छैन । अहिले बुकिङ लिने र दशैँ तिहारका बेला गाडी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।











