Sunday, July 26, 2026
spot_img

दुर्लभ रोगसँग लड्दै तीन वर्षीय फैजान, जीवन बचाउन सहयोगको अपील

spot_img

पाल्पाको रामपुर नगरपालिका–४ का तीन वर्षीय फैजान खान दुर्लभ गौचर रोगबाट पीडित बनेका छन् । उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्लीमा उपचार भइरहेको परिवारले जनाएको छ ।

चिकित्सकहरूले खानलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका छन्, जुन अत्यन्त चुनौतीपूर्ण, जोखिमपूर्ण र खर्चिलो उपचार हो । नेपालमा यस्तो उपचार सम्भव नभएकाले भारत लागिएको परिवारले जनाएको छ।

परिवारका अनुसार पाँच पटकसम्म परीक्षण गरिसकेपछि चिकित्सकहरूले प्रत्यारोपणका लागि तयारी सुरु गर्न सुझाएका छन् । फैजानकी ११ वर्षीया दिदीको रगत प्रत्यारोपणका लागि उपयुक्त रहेको पाइएको छ, जसले उपचार सफल हुने आशा बढाएको छ । तर, आर्थिक अभावले यो प्रक्रिया सहजै सम्पन्न हुन सकिरहेको छैन । फैजानका पिता असरफ मियाँ कतारमा मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका छन् । भारतमा आफ्नो छोरालाई लागेको दुर्लभ रोगको उपचारको खर्च उनले धान्न सक्दैनन् ।

फैजानकी आमा आसिया खातुन भन्छिन्, ‘हामीले सकेसम्म प्रयास गरिरहेका छौँ, तर आवश्यक ठूलो रकम जुटाउन नसक्ने अवस्था आएको छ ।’

फैजानको जीवन अत्यन्त नाजुक अवस्थामा रहेकोले सेवा नेपालले आर्थिक सहयोग जुटाउन अभियान थालेको छ । सानो सानो आर्थिक सहयोगले उपचार खर्च जुट्न सक्ने अपेक्षाले आफुहरुले ‘फैजान खान बचाउ अभियान’ थालेको सेवा नेपालका उपाध्यक्ष ल्याकत अलि बताउछन्।

सेवा नेपालको आफ्नै फेसबुकको पेज मार्फत आर्थिक सहयोगको अपिल गर्दै सहयोग जुटाईरहेको अलिले बताए । फैजानलाई सहयोग गर्न चाहनेले फैजानकी आमा असिया खातुनलाई ९७०२७३९६९८ मा अथवा भारतीय नम्बर +९१-८४४८४६७५९३ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img