Monday, July 6, 2026
spot_img

बीरेन्द्र बस्नेतले भने, ‘नेपाल एयरलाइन्सको ७० प्रतिशत सेयर पब्लिकलाई दिनुपर्छ’

spot_img

गतिशील लोकतान्त्रिक पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा सरकारको स्वामित्व ३० प्रतिशतमा झारेर व्यवस्थापन सुधार गर्नुपर्ने बताएका छन् । आफ्नो पार्टीको पर्यटन नीति सार्वजनिक गर्ने क्रममा उनले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउनुपर्ने आवश्यकता औल्याएका हुन् ।

बस्नेतले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गरेर ३० प्रतिशत मात्रै सरकारको स्वामित्व राखेर बाँकी सर्वसाधारणको सेयर रहने गरी व्यवस्थापन सुधार गर्नुपर्ने बताएका हुन् । पब्लिक कम्पनी बनाएसकेपछि त्यसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्दा अन्तर्राष्ट्रिय आवेदन खुलाउनुपर्ने पनि बताएका छन् । जसका कारण नेपाल एयरलाइन्स संसारकै उत्कृष्ट वायुसेवा कम्पनी बन्ने उनको विश्वास छ ।

उनले नेपाल एयरलाइन्समा जहाजको संख्या कम्तीमा ५० वटा पुर्‍याउनुपर्ने पनि बताए । ‘इथियोपियाले १ सय जहाज उडाउन सक्छ, नेपाल एयरलाइन्सले किन सक्दैन ?’ बस्नेतले प्रश्न गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img