Sunday, August 2, 2026
spot_img

‘झिलिमिली बत्ती’को ब्यापार बढ्दो

spot_img

तिहारको रौनकता सूर भएसँगै काठमाडौँ उपत्यकासहित देशका शहर बजारमा ‘झिलिमिली बत्ती’को उपयोग पनि बढ्दो छ । खासगरी, लोडसेडिङ अन्त्य भएपछि यत्ता बत्तीको प्रयोग हरेक वर्ष बढिरहेको छ ।

कोभिड १९ को बेला कम कारोबार भएको ‘झिलिमिली बत्ती’को किनबेच अहिले बढिरहेको छ । उज्यालो पर्वका रुपमा मनाईने तिहारमा घरको सजावटका लागि यस्ता बत्तीहरुको प्रयोग हरेक वर्ष बढ्दै गएको व्यवसायीहरु बताउँछन् । ‘एक पटक किनेपछि तिहारभरी बाल्ने र तिहार सकिएपछि झिकेर राख्ने गरिन्छ, अनि फेरि अर्को वर्षको तिहारमा पनि त्यो बत्ती बाल्न मिल्छ’ लाजिम्पाटस्थित एक इलेक्ट्रोनिक्स पसलका सञ्चालक भन्छन्, ‘त्यहीँ भएर मान्छेहरु अहिले यस्ता बत्तीतर्फ आकर्षित भएका छन् ।’

विभिन्न डिजाइन तथा रङ्गमा बजारमा आएका यी बत्तीहरु ८५ प्रतिशत हाराहारी चीनबाट आयात हुन्छन् । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाका अनुसार व्यक्तिगत घर, व्यवसायिक भवन तथा मठ मन्दिरहरुमा अहिले झिलिमिली बत्ती बाल्ने क्रम बढ्दो छ । उनका अनुसार यसवर्षको तिहारमा ४० करोड हाराहारीको झिलिमिली बत्तीको कारोबार हुने अनुमान गरिएको छ ।

बजारमा थरीथरीका झिलिमिली बत्ती पाइन्छन् । अध्यक्ष देवकोटाका अनुसार ९ मिटर लामो विभिन्न रङ्गका बत्ती बल्ने तारदेखि १०० मिटर लामो रोप लाइटसम्म उपलब्ध छन् । जसको मूल्य क्रमशः २०० देखि करिब १५ हजार रुपैयाँसम्म छ । साथै, बिजुलीमा जोडेपछि बल्ने दियो पनि बजारमा उपलब्ध छ । धागोले बनाइएको तेलमा भिजाएर बाल्नुपर्ने दियोको सट्टा अहिले यस्तो दियोको प्रयोग बढ्दो छ ।

स्ट्रिङ लाइट, नेट लाइट, पाइप लाइट लगायतका विभिन्न नामका बत्तीहरु अहिले बजारमा पाइने गरेको व्यवसायीहरुको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...
spot_img