Wednesday, June 17, 2026
spot_img

भाइटिकाको उत्तम साइत कार्तिक ६ गते बिहान ११ः३९ बजे

spot_img
spot_img

यसवर्षको तिहारको अन्तिम दिन अर्थात् भाइटिकाको शुभ साइत कार्तिक ६ गते बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कार्तिक ६ गते बिहान ११ः३९ बजे भाइटिकाको उत्तम साइत रहेको छ ।

यसवर्ष यमपञ्चक कार्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । धन त्रयोदशी तथा धनतेरस पर्व पनि कार्तिक १ गते नै परेको छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कात्तिक ३ गते सोमबार दिउँसो २ः५२ बजे पछि औंशी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा सोही दिन परेको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार परेको छ ।

कात्तिक ५ गते नै नेपाल संवत् अनुसार नयाँ वर्ष पनि परेको छ । उक्त दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा कात्तिक ६ गते बिहीबार मनाइनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img