यसवर्षको तिहारको अन्तिम दिन अर्थात् भाइटिकाको शुभ साइत कार्तिक ६ गते बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कार्तिक ६ गते बिहान ११ः३९ बजे भाइटिकाको उत्तम साइत रहेको छ ।
यसवर्ष यमपञ्चक कार्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । धन त्रयोदशी तथा धनतेरस पर्व पनि कार्तिक १ गते नै परेको छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।
कात्तिक ३ गते सोमबार कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कात्तिक ३ गते सोमबार दिउँसो २ः५२ बजे पछि औंशी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा सोही दिन परेको छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार परेको छ ।
कात्तिक ५ गते नै नेपाल संवत् अनुसार नयाँ वर्ष पनि परेको छ । उक्त दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।
भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा कात्तिक ६ गते बिहीबार मनाइनेछ ।











