Sunday, July 26, 2026
spot_img

दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

spot_img

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले (प्राथमिक शेयर) आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति भएपछि मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ । सम्झौतामा दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्गले र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने चेपे खोलामा ११ मे.वा. क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७४ कात्र्तिकमा विद्युत विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता र २०७५ पुषमा विद्युत् खरिद सम्झौता सम्पन्न गरिसकेको छ ।

हाल सम्म आयोजनाको ७८ प्रतिशत कार्य सकेको र बाँकी कार्य २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले आयोजना निर्माणको कार्य अन्तिम चरणमा रहेकाले आफ्नो जारी पूँजीको २० प्रतिशत प्रतिशतले हुन आउने अर्थात् २० करोड २० लाख रकम बराबरको १ सय रुपैयाँ अङ्कित दरमा २० लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img