Sunday, July 26, 2026
spot_img

शेयरबजार खोल्ने भनिएकै दिन सार्वजनिक विदा, अब बिहीबारबाट खुल्ने

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज १ गते बुधबारदेखि खुलाउने तयारी गरेको थियो। नेप्सेले असोज १ गतेदेखि बजार खोल्ने गरि धितोपत्र बोर्डमा प्रस्ताव पठाईसकेको थियो।

तर आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो।

यस संगै अब शेयर बजार बिहीबारदेखि खुल्ने छ। यसबारे निर्णय गर्न भदौ ३१ गते बिहान धितोपत्र बोर्डको संचालक समितिको बैठक बोलाईएको छ। बोर्ड बैठकले बिहीबारबाट बजार खोल्ने निर्णय गर्ने बताईएको छ।

यस अघि बजार दुई घण्टा मात्र खुल्ने, सर्किट ब्रेकको नियम परिवर्तन हुने हल्ला चले पनि ति सबै निराधार भएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ।  बिहीबारदेखि साविक कै नियम र समय अनुसार बजार खुल्ने छ। धितोपत्र बोर्डले निर्णय गरेपछि नेप्सेले यसबारे सूचना जारी गर्ने छ।

यस अघि बजार असोज ५ गतेदेखि मात्र खुल्ने निर्णय नेप्सेले गरेको थियो। तर नयाँ सरकार गठन भईसकेको, निषेधाज्ञा र कर्फ्यु समेत हटिसकेको, र जनजीवन सामान्य भईसकेकोले अब सो मिति अगावै बजार खोल्ने तयारी गरिएको हो।

विभिन्न लगानीकर्ता संघहरुले राजनीतिक स्थिरता नभएसम्म बजार नखोल्न माग गर्दै आएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img