Monday, July 27, 2026
spot_img

राजनीतिक उत्तरार्धमा तीन शीर्ष नेताको कन्तबिजोग

spot_img

बहालवाला प्रधानमन्त्री लखेटिन्छन्, उनको निजी निवास खरानी बन्छ भनेर कसैले कल्पना गरेको थियो होला ? पूर्व प्रधानमन्त्रीहरु शरणार्थी बन्नुपर्ने दिन आउला भनेर कसैले सोचेको थियो होला ?

सामाजिक सञ्जालमा युवाहरुको आक्रोश ब्याप्त थियो । तर, न बहालवाला प्रधानमन्त्री केपी ओलीले आक्रोशलाई बुझ्न चाहे, न पूर्वप्रधानमन्त्रीहरुले नै उनलाई बुझाउन सके । जसका कारण सामाजिक सञ्जालमा ब्याप्त आक्रोश सडकमा उर्लियो र ठूला राजनीतिक दलका शीर्ष नेताहरुलाई विस्थापित गरिदियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास खण्डहर बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठको निजी निवास पनि खरानी बन्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित भाडाको घर पनि ध्वस्त बन्यो । चितवनको उनको निवास पनि जल्यो ।

यी दलका शीर्ष तहमा रहेका अन्य नेताहरुको पनि उपत्यका र बाहिरका निवासहरु तोडफोड र आगजनीमा परेका छन् । तर, राजनीतिको केन्द्रमा रहँदै आएका तीन ठूला दलका शीर्ष नेता देउवा, ओली र प्रचण्ड अहिले घरबारबिहीन बनेका छन् । सेनाको सुरक्षा घेराबाट फिर्ता भएपनि उनीहरुको निवास नभएकाले कि डेरा खोज्नुपर्ने अवस्था छ, कि आफन्तकोमा शरण लिनुपर्ने अवस्था छ ।

मूलधारको राजनीतिबाट जबरजस्ती फ्याँकिन लागेका ओली, देउवा र प्रचण्ड राजनीतिक उत्तरार्धमा निवाससमेत गुमाएर शरणार्थी बन्नुपर्ने बाध्यतामा पुगेका छन् । तर, अझै पनि केही समय उनीहरु सार्वजनिक रुपमा देखिन भने सक्ने छैनन् । सकेसम्म अझै केही दिन उनीहरु सेनाकै सुरक्षा घेरामा बसिरहने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img