Friday, May 1, 2026
spot_img
spot_img

दुई वटा बीमा कम्पनीले हकप्रद निष्काशन अनुमति माग गर्दै धितोपत्र बोर्डमा दिए आवेदन

spot_img
spot_img

दुई वटा बीमा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। एशियन लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले बोर्डमा आवेदन दिएका हुन् ।

एशियन लाइफ इन्स्योरेन्सले जेठ २३ गते र प्रभु इन्स्योरेन्सले असार १९ गते बोर्डमा आवेदन दिएको हो । एशियन लाइफले हाल कायम चुक्ता पुँजीको १:०.४२ अनुपातमा ४२ प्रतिशत हकप्रद शेयर र प्रभु इन्स्योरेन्सले १:०.५०१५ को अनुपातमा ५०.१५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको हो ।

बोर्डबाट अनुमति पाएपछि एशियन लाइफले १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर र प्रभु इन्स्योरेन्सले ८३ लाख ५० हजार १ सय ३५ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एशियन लाइफले मुक्तिनाथ क्यापिटल र प्रभु इन्स्योरेन्सले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

यी बाहेक एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले यस अघि नै हकप्रद निष्काशनको लागि बोर्डमा आवेदन दिइसकेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img