Sunday, July 26, 2026
spot_img

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने

spot_img

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरुलाई १ लाख १५ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । आवेदन दिँदा न्युनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीले बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार यी शेयरको मूल्य प्रति कित्ता ८२० रुपैयाँ ५० पैसा तोकिएको छ । यस निष्काशनमा साउन १० गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफांड गरेपछि आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई  ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिसकेको छ।  योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो ।  सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन गार्ड  कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार  कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।

यस सँगै रिलायन्स स्पिनिङ मिल्स  बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  दोस्रो कम्पनी बन्ने छ। सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

पवन गोल्यान रिलायन्स स्पिनिङ मिल्सका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका संचालक हुने भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध संचालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ ।

कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img