Thursday, March 19, 2026
spot_img

नियमन हुने बैंक तथा वित्तीय संस्थामार्फत मात्रै कारोबार गर्नुस्ः गर्भनर अधिकारी

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन् । काठमाडौंमा सोमवार आयोजित ‘ग्लोवल मनी वीक’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट वचत गर्ने बानीको विकास गर्नुपर्ने बताए।

उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटको अलवा वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाका रुपमा लिएको बताए। उनकाअनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको बैंकमा खाता होस् र ती खाताहरु सक्रिय रुपले चलुन् भन्ने मानसिकता राख्छ । उनले केही सिक्न, केही वित्तीय जानकारी लिँदा आम विद्यार्थीको व्यवहारमा समेत केही न केही परिवर्तन आउने बताए । वित्तीय हिसावले सचेत हुँदा आचारणमा समेत परिवर्तन ल्याउने समेत बताए ।

उनले भने ‘भोलिका दिनमा आफू व्यक्तिगत रुपमा पनि सुरक्षित हुन सकिन्छ । स्वच्छ समाज निर्माणमा सहयोग पुग्छ । त्यो त्यतिमा मात्रै सिमित छैन, समग्र राष्ट्रलाई समेत विद्यार्थीहरुले स्वच्छ बनाउन सघाउ पु¥याउँछ । त्यसैले विद्यार्थी उमेरमै वित्तीय रुपमा जानकार हुनुपर्छ भनेर राष्ट्रले त्यससम्बन्धि शिक्षाका लागि प्रयास गर्ने गरेको छ । यो शिलशिलामा स्कुलको पाठ्यक्रममा पनि वित्तीय सक्षरता, समावेशीता राख्न हामीले खोजेका छौं । हाम्रो प्रयास भइरहेको छ, कसरी पाठ्यक्रममा वित्तीय शिक्षालाई समावेश गर्ने भनेर यही वर्ष पनि पाठ्यक्रम विकास केन्द्रसँग सयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम गरेका छौं । वित्तीय शिक्षाको एउटा महत्वपूर्ण पाटो सेभिङ जरुरी छ । कोर सेभिङ जरुरी छ । जबजस्त भएपनि वित्तीय संघ संस्थामार्फत बचत गर्नुपर्छ, सँगसँगै आफ्नो बजेटिङको पनि ख्याल गर्नुपर्छ । ’

गभर्नर अधिकारीले घाँटी हेरेर हाड निल्नु भनेजस्तै आफ्नो क्षमता हेरेर खर्च गर्ने परिपाटीको विकास हुन जरुरी रहेको बताए । वित्तीय सक्षरताका बारेमा राष्ट्र बैंकले देशभर जागरण चलाइरहेको र यसलाई व्यापक बनाउँदै लैजाने उनको भनाई छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्लोबल कलेज ग्रुपका दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका...

तोलामा ५४ सयले घट्यो सुनको भाउ, चाँदीको भाउमा पनि गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

कर छली नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय फोरममा नेपाल पनि आवद्ध

नेपाल ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन...

फोर्थिङ फ्राइडे ईभीको “Forthing Exchange Fest” घोषणा: ७ लाखसम्मको विशेष सुविधा

Forthing प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रा....

चुनावी हारको जिम्मेवारी लिँदै कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्...

युनाइटेड अजोड इन्स्योरेन्सले चैत्र २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले चैत्र २६ गतेदेखि हकप्रद शेयर निष्काशन...
spot_img