Thursday, March 19, 2026
spot_img

संसदमा १ जना सांसद नपुग्दा निर्णयार्थ पेश हुन सकेन नागरिकता विधेयक

spot_img
spot_img

गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ निर्णयार्थ पेश हुन सकेन ।आईतवार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रस्तावउपर सांसदहरुले छलफल गरी गृहमन्त्रीले जवाफ समेत दिइसकेका थिए । तर गणपूरक संख्या नपुगेको भन्दै प्रस्ताव निर्णयार्थ पेश भएन ।

बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेश गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गरेकी थिइन्। तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रश्ताव पेश गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले बताए ।

सभामुख घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रश्ताव पेश गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले गणपूरक संख्या नपुगेको भन्दै कार्यसूचिबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक सोमवार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेको छ । गत...

नेप्सेमा भुजुङ हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

होर्मुजहुँदै आउछ युरिया: इरान युद्दले मलको पनि हाहाकार हुने सङ्केत, खाद्य संकटको जोखिम

इरानमा जारी युद्धले विश्व तेल बजारलाई मात्र नभई रसायनिक...

सूर्यकुण्ड हाइड्रोको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

ग्लोबल कलेज ग्रुपका दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका...

तोलामा ५४ सयले घट्यो सुनको भाउ, चाँदीको भाउमा पनि गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img