Tuesday, September 1, 2026
spot_img

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकले पुस १९ गते रुपन्देहीमा साधारणसभा बोलाएको छ। बैंकको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड रहेको छ।  बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :

१. आ.व. २०८०/०८१ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूंजीको ५ (पांच) प्रतिशतले हुने रकम रु. २३,६६,८४,५४८/०० (अक्षरेपी तेईस करोड छैसट्ठी लाख चौरासी हजार पाँच सय अठ्चालीस मात्र) बराबरको नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्विकृत गर्ने ।

४. आर्थिक बर्ष २०८१/०८२ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य सञ्चित मुनाफावाट चुक्ता पूँजीको ३ (तीन) प्रतिशतले हुन आउने रकम रु. १४,२०,१०,७२९/०० (अक्षरेपी चौध करोड बीस लाख दश हजार सात सय उनान्तीस मात्र ) बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही बमोजिम जारी तथा चुक्ता . पूंजी बृद्धि गरी प्रबन्धपत्रको सम्वन्धित दफा संशोधन गर्ने ।

२. शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती / समाहित (Acquisition) हुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमती पत्र (Memorandum of Understanding ) मा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसंग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

३. प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एप्पल सीइओको रुपमा कुकको १५ वर्षे कार्यकाल अन्त्य, शेयरधनीलाई २७०० प्रतिशत प्रतिफल

प्रविधि कम्पनी एप्पल इन्कर्पोरेटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम...

काठमाडौँ बाहिरै ग्यास रिफिलिङः ढुवानीमा सकस, लागत पनि बढ्यो

पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँको लाइफलाइन करिब करिब टुटेको छ...

बाढी प्रभावितको लागि इप्पानद्वारा १३ करोड १ रुपैयाँ सहयोग

२०८३ साल भदौ १० गते भोटकोशी नदीमा आएको महाविपत्तिका...

भोटेकोशी बाढीले ४० किलोमिटर सडक ध्वस्त

भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्णरुपमा...

बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका...

उपहार विजेता घोषणा कार्यक्रम स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको...