Tuesday, August 11, 2026
spot_img

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

spot_img

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना योग्य ग्राहक तथा लगानीकर्ताहरूका लागि मार्जिन ट्रेडिङ्ग सुविधा शुभारम्भ गरेको छ। कम्पनीले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋण सहित यो सेवा सुरु गरेको हो।

कम्पनीले २ करोडसम्मको कारोबार सीमा सहित मार्जिन ट्रेडिङ्ग सुविधा सुरु गरेको हो। यो भनेको योग्य ग्राहकले २ करोडसम्मको शेयर खरिद गर्नको लागि यो उविधा उपयोग गर्न सक्ने छन् । २ करोड मध्ये ग्राहकले प्रारम्भिक मार्जिनको रुपमा ३० प्रतिशत अर्थात् ६० लाख हाल्नु पर्ने हुन्छ, बाँकी ७० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँ ब्रोकरले ऋणको रुपमा उपलब्ध गराउने छ।

न्युनतम १० लाखदेखि अधिकतम २ करोडसम्मको कारोबार सीमा भित्र रहेर यो सेवा लिन सकिने कम्पनीले जनाएको छ। ब्रोकर कम्पनीले न्युनतम ३० दिन देखि अधिकतम १८० दिनको लागि मार्जिन ऋण प्रदान गर्ने छ।  ऋणमा ब्याज र  प्रशासनिक शुल्क लाग्ने छ।

कम्पनीका अनुसार यो सेवा मार्फत योग्य लगानीकर्ताहरूले तोकिएको प्रारम्भिक मार्जिन जम्मा गरी कम्पनीमार्फत सुविधा उपभोग गरी योग्य सूचीकृत कम्पनीका शेयरहरू खरिद गर्न सक्नेछन्। यो सेवाको सञ्चालन पूर्णरूपमा प्रचलित कानुन, नियामकीय व्यवस्था तथा कम्पनीको आन्तरिक जोखिम व्यवस्थापन नीति अनुसार हुने कम्पनीले प्रष्ट पारेको छ।

कम्पनीले यो सुविधा लिन इच्छुक लगानीकर्ताहरूलाई आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा उपस्थित भई आवेदन दिन र सम्झौता गर्न अनुरोध गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...

बहुराष्ट्रिय २० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...
spot_img