Monday, August 10, 2026
spot_img

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

spot_img

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक र गुणस्तरीय बनाउने उद्देश्यले “Capacity Development of Spa Industry” विषयक क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ।

नेपाल स्पा संघको सहकार्यमा आयोजित कार्यक्रममा स्पा उद्योगको वर्तमान अवस्था, उद्योगका चुनौती तथा सम्भावना, व्यवसाय सञ्चालनका मापदण्ड, आचारसंहिता, मानव संसाधन व्यवस्थापन तथा नैतिक व्यावसायिक अभ्यासलगायतका विषयमा सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमको उद्घाटन मन्तव्य नेपाल स्पा संघका अध्यक्ष सुरेश पुरीले दिएका थिए। कार्यक्रममा पर्यटन विज्ञ सुदीप भजुले स्पा उद्योगका लागि आवश्यक उद्योग मापदण्ड तथा Code of Conduct सम्बन्धी प्रस्तुति दिएका थिए । त्यसैगरी Tranquility Spa का अध्यक्ष तथा नेपाल स्पा संघका सदस्य भुवन फाइजुले स्पा उद्योगको प्रगति, विद्यमान कमी–कमजोरी तथा आगामी अवसरका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।

संघका अनुसार कार्यक्रममा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी मानव संसाधन (HR), उद्योगका मापदण्ड (Standards) तथा नैतिक व्यावसायिक अभ्यास (Ethical Practices) लगायतका विषयमा समूहगत छलफल गराइएको थियो। पाँच वटा समूहमा करिब १०० जना सहभागीले छलफल गरी आ–आफ्नो समूहको निष्कर्ष तथा सुझाव प्रस्तुत गरेका थिए। साथै, सहभागीहरूबाट स्पा तथा वेलनेस उद्योगको वर्तमान अवस्था र आगामी आवश्यकतासम्बन्धी सर्वेक्षणसमेत गरिएको थियो। उक्त सर्वेक्षणको संक्षेप तथा निष्कर्ष नेपाल स्पा संघका सचिव रामदेव महतोले प्रस्तुत गरेका थिए

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरज घिमिरे तथा नेपाल पर्यटन बोर्डकी सदस्य  सोभिता श्रेष्ठ ढकालले विशेष मन्तव्य राख्दै नेपालको स्पा तथा वेलनेस उद्योगको विकास, सम्भावना र आगामी दिशाका विषयमा धारणा प्रस्तुत गरेका थिए।

नेपालको स्पा तथा वेलनेस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन गुणस्तरीय सेवा, दक्ष जनशक्ति, स्पष्ट व्यावसायिक आचारसंहिता, सुरक्षित तथा मर्यादित कार्य वातावरण र उद्योगका साझा मापदण्ड आवश्यक रहेकोमा कार्यक्रममा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रमको समापन मन्तव्य नेपाल इन बिजनेस (NiB) का टिम लिडर रतिश बस्न्यातले दिएका थिए। उनले स्पा तथा वेलनेस क्षेत्रको क्षमता विकास र व्यवसायलाई थप व्यवस्थित बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले यस प्रकारको क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रमले स्पा व्यवसायीहरूमा सकारात्मक प्रभाव परेको र आगामी दिनमा उद्योगलाई थप व्यावसायिक तथा व्यवस्थित रूपमा अगाडि बढाउन उत्साह थपिएको बताएका थिए।

कार्यक्रमका सञ्चालक तथा नेपाल स्पा संघका महासचिव अमृत थोकरले कार्यक्रमको सकारात्मक प्रभावलाई मध्यनजर गर्दै आगामी दिनमा पोखरा, भैरहवा, इटहरीलगायत देशका विभिन्न प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा पनि यस्तै क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

नेपालको पर्यटन तथा वेलनेस क्षेत्रको महत्वपूर्ण अंगका रूपमा विकसित हुँदै गएको स्पा उद्योगलाई थप मर्यादित, सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउन व्यवसायी, श्रमिक, सरकारी निकाय तथा अन्य सरोकारवालाबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय २० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

पञ्चकन्या माई हाइड्रोको नाफा ६.६७ करोड, ईपीएस ६.०७ रुपैयाँ

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

सुनको भाउमा झिनो गिरावट, महँगियो चाँदी

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० स्टल रहने

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली...

एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’

नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको...
spot_img