अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गरेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गरेका हुन्।
छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको थियो। छलफलमा युनिलिभर, एनसेल, सूर्य नेपाल , डाबर लगायतका कम्पनीका प्रतिनिधि सहभागी थिए ।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गरेका छन्।
यी हुन् छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु
सूर्य नेपाल प्रा.लि
एनसेल आजियाटा लिमिटेड
आरती स्ट्राईप्स प्रा.लि
गोर्खा ब्रुअरी प्रा.लि
हिमालय एअरलाइन्स् प्रा.लि
होङ्शी शिवम् सिमेन्ट प्रा.लि
डुसान इनरबिलिटी कम्पनी लिमिटेड
डाबर नेपाल प्रा.लि
वोटलर्स नेपाल (तराई) लिमिटेड
यूनिलिभर नेपाल लिमिटेड
एशियन पेन्टस (नेपाल) प्रा.लि
पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना, लि
गोर्खा लाहारी प्रा.लि
ह्वासिन सिमेन्ट नारायणी प्रा.लि
न्यू होप एग्रो बिजनेश नेपाल प्रा.लि
नेपाल वेलहोप एग्रि-टेकप्रा.लि
वरुण विभरेज नेपाल प्रा.लि
टर्किस एयरलाइन्स ईन्कर्पोरेशन प्रा.लि
भोटेकोशी पावर कम्पनी प्रा.लि
बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि









