आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४ रुपैयाँ तोकिएको छ ।









