स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २४१.५० प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले ११ करोड १८ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड २७ लाख थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १८ करोड ६९ लाखबाट बढेर ३७ करोड ७५ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पुंजी ९३ करोड ५० लाख रहेको छ भने रिजर्भमा १ करोड १३ लाख रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ २१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११२ रुपैयाँ ०९ पैसा रहेको छ।









