Monday, August 10, 2026
spot_img

एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’

spot_img

नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको भन्दै अभाव नहुने स्पष्ट पारेको छ । पछिल्लो समय लगातार ग्यासको आयात वृद्धि भइरहेको भन्दै संघले अभाव नहुने दाबी गरेको हो ।

पर्याप्त मात्रामा ग्यासको आयात भइरहेकाले अभाव नहुने भन्दै संघले उपभोक्तालाई अनावश्यक सिलिण्डर सञ्चय (होल्ड) नगर्न आग्रह गरेको छ ।

भारतबाट सहजै रुपमा एलपी ग्यासको आयात भइरहेको र नेपाली उद्योगबाट सिलिण्डर ‘रिफिलिङ’को काम निरन्तर भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर होल्ड गर्नुपर्ने बाध्यता नरहेको संघले जनाएको छ ।

“उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ । आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन”, संघका अध्यक्ष दिवानबहादुर चन्दले विज्ञप्तिमा भनेका छन् ।

संघका अनुसार अहिले विगतको तुलनामा ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको छ । पछिल्लो २२ दिनमा मात्रै ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको छ । यस आधारमा साउन महिना भरीमा ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ ।

नेपालमा मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० स्टल रहने

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली...

२४१ प्रतिशतले बढ्यो स्नो रिभर्सको नाफा, ईपीएस १४.२१ रुपैयाँ

स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

बीपी राजमार्ग सूचारु

लेदो र पहिरोले अवरुद्द भएको बीपी राजमार्ग अहिले सञ्चालनमा...

२८८ प्रतिशत बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, ईपीएस ११.१७ रुपैयाँ

तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...
spot_img