माउण्टेन इनर्जीको साधारणसभा सम्पन्न: २० प्रतिशत बोनस पारित, ५ जना संचालक निर्वाचित

spot_img
spot_img

माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेको अध्यक्षतामा काठमाडौँको भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा साधारणसभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।   त्यस्तै सभाले वार्षिक प्रतिवेदन, र लेखा परीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ।

साधारणसभाले ५ जना संचालकको निर्वाचन पनि गरेको छ। जस अनुसार कम्पनीको संचालकमा डोलराज शर्मा, उत्तम प्रसाद भट्टराई , अरुण कुमार केसी, टिका प्रसाद उप्रेती र झनक दत्त खनाल निर्वाचित भएका छन् । डोलराज शर्मा यस अघिपनि कम्पनीमा आवद्द थिए। उनकै नेतृत्वमा मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा पनि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कम्पनीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गर्न सफल भएको छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको प्रति शेयर आम्दानी २५.५२ रुपैयाँ कायम भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रति शेयर आम्दानी कायम गर्न सफल भएको छ।

यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित लाभांश वितरण गरिरहेको छ।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो  । त्यसपछि भने कम्पनीले बोनस शेयरमा जोड दिएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। पुँजी बढ्दै जाँदा पनि कम्पनीले लगातार चौथो वर्ष दोहोरो डिजिटको लाभांश वितरण गर्न सफल भएको छ।

कम्पनीले  ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले  सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि मार्फत ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माण थालेको छ । आयोजनाको लागि गत साउनमा वित्तीय व्यवस्थापन सम्पन्न भईसकेको छ ।

मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ। प्रति मेगावाट लागत २० करोड भन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ। आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रबर्दक कम्पनीले लगानी गर्ने छ। निर्माण थालेको ३ वर्षभित्रमा विद्युत उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एलआरआर ग्रुपद्वारा धनतेरसका दिन २६ युनिट गाडी हस्तान्तरण, स्काईवेलका १० ईभी ग्राहकलाई

एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात...

आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको...

तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले के गर्दैछ ?

नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपुर्ति...

‘ठमेल मात्र होइन, काठमाडौँलाई नै २४ घण्टा खुलाउनेबारे तयारी भइरहेको छ’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले ठमेल मात्र नभई...

टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान

छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल...

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा...