महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७८ प्रतिशत नगद लाभांश गरि कुल ७.४८ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५१ करोड रहेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।










