ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा कर्पोरेट भवन निर्माणका लागि भूमिपूजा गरेको छ । काठमाडौँको उत्तरढोकामा बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माणका लागि धनतेरसको अवसर पारेर भूमिपूजा सम्पन्न गरिएको हो ।
बैंकले करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने १२ तले आधुनिक भवन बनाउन लागेको हो । बैंकका अध्यक्ष चन्द्र ढकालका अनुसार जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राखी ‘सेक्यान्ट पाइलिङ’ प्रविधिको प्रयोग गरिनुका साथै वर्षाको पानी पुनःप्रयोग (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणालीमार्फत संरचनालाई पूर्ण रूपमा ऊर्जा–दक्ष र पर्यावरणमैत्री भवनका रूपमा विकास गर्न लागिएको छ ।
सेवाग्राही र कर्मचारीहरूको सुविधाका लागि दुई तहको फराकिलो भूमिगत पार्किङको व्यवस्थासमेत गरिएको छ ।










