भोटकोशी बाढीपीडितलाई सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

spot_img
spot_img
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन् । शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरुको सहयोगका लागि सचिव पौडेलले सहयोग रकमको चेक भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा हस्तान्तरण गरेका हुन्।
बाढीपीडितहरुको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले चालेका हरेक कदममा हातेमालो गर्ने उद्देश्यले आफूले व्यक्तिगत रुपमा उक्त सहयोग गरेको सचिव पौडेलले बताए। उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनस्थापनका लागि खुलेर सहयोग गर्न देश तथा विदेशमा रहनुभएका नेपालीसहित सबै पक्षलाई आह्वानसमेत गरेका छन्।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एलआरआर ग्रुपद्वारा धनतेरसका दिन २६ युनिट गाडी हस्तान्तरण, स्काईवेलका १० ईभी ग्राहकलाई

एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात...

आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको...

तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले के गर्दैछ ?

नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपुर्ति...

‘ठमेल मात्र होइन, काठमाडौँलाई नै २४ घण्टा खुलाउनेबारे तयारी भइरहेको छ’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले ठमेल मात्र नभई...

टिकटकले सुरु गर्‍यो Visit Nepal अभियान

छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल...

बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा...