F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
eSewa, Fonepay लगायत सम्पूर्ण F1Soft Group का तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेका हुन् ।
ईसेवा प्रालिको अध्यक्ष रहेका परशुराम कुँवर क्षेत्रीले ग्रुपको तर्फबाट आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन् ।









