Friday, August 21, 2026
spot_img
spot_img

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

spot_img

चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ।

यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ।
सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिनुभएको छ।

राजस्व चुहावट रोकेर ‘मिसन मोड’ मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उहाँले निर्देशन दिँदै आउनुभएको छ। गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३३१ अर्बले बढी हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत...

श्रम मन्त्रीलाई भेटेर महासंघले भन्यो, ‘श्रम कानून रोजगारी र लगानीमैत्री बनाइयोस्’

नेपाल उद्योग वाणिज्य महासंघले युवा, श्रम तथा रोजगार मन्त्री...

एक महिनामै डेढ खर्ब ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा...

वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो

वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ...

जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

‘एलनिनो’ले जलविद्युत, सिँचाइ र खाद्य सुरक्षामै गम्भीर असर पार्दैछ: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको...
spot_img