Friday, August 21, 2026
spot_img
spot_img

निकासी पैठारी संघको स्वर्ण जयन्तीको लोगो अनावरण

spot_img

आयात निर्यातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले स्वर्ण जयन्तीको लोगो अनावरण गरेको छ । संघले स्थापनाको ५० वर्ष पूरा गरेको अवसर पारेर २०८३ लाई स्वर्ण जयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

स्वर्ण जयन्ती वर्षमा गरिने कार्यक्रमहरुको एक हिस्साको रुपमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा संघले उक्त लोगो अनावरण गरेको हो । भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशकद्वय तारानाथ लुइँटेल र अनिल किराती, शाखा अधिकृत दिपकप्रसाद अधिकारी संघका पूर्वअध्यक्षहरु लोकमान्य गोल्छा, अशोकुमार अग्रवाल, सुनिल वंशल र विनोद सेठिया तथा वर्तमान अध्यक्ष शिवकुमार अग्रवालले संयुक्त रुपमा लोगो अनावरण गरेका हुन् ।

संघका सदस्य र भन्सार तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरुबीचको अन्तरक्रिया कार्यक्रममा आयात–निर्यात व्यापारका नीतिगत र प्रक्रियागत विषयसँग सम्बन्धित आयात–निर्यातकर्ता व्यवसायीको चासोका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी संघका सदस्यहरुले व्यवसायका क्रममा सामना गर्नुपरेका चुनौती तथा अप्ठ्याराहरुमा सम्बन्धित विभागका अधिकारीहरुको ध्यानाकर्षण गराउँदै व्यापार सहजीकरणका लागि गर्नुपर्ने सुधारबारे सुझाव प्रस्तुत गरेका थिए ।

दुवै विभागका अधिकारीहरुले व्यवसायीका जिज्ञासाको जवाफ दिँदै आफूहरुको जिम्मेवारी व्यापार सहजीकरण र सम्बन्धित कानुन कार्यान्वयन भएको स्मरण गराउँदै व्यवसायीले उठाएका वास्तविक चासोलाई सम्बोधन गरिने बताए । सरोकारवालाबीचको खुला छलफलले नीति निर्माण र कार्यान्वयन तहलाई व्यवसायीका कठिनाइसँग परिचित गराउने हुँदा यसले नीतिगत सुधारमा समेत योगदान गर्ने भन्दै उनीहरुले आगामी दिनमा पनि यस किसिमका छलफल कार्यक्रम नियमित रुपमा आयोजना गर्न संघलाई सुझाव दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा...

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत...

श्रम मन्त्रीलाई भेटेर महासंघले भन्यो, ‘श्रम कानून रोजगारी र लगानीमैत्री बनाइयोस्’

नेपाल उद्योग वाणिज्य महासंघले युवा, श्रम तथा रोजगार मन्त्री...

एक महिनामै डेढ खर्ब ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा...

वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो

वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ...

जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....
spot_img