आज शुक्रबार पनि सनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७१ हजार ५ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ७४ रुपैयाँ तोकिएको छ ।











