Friday, August 21, 2026
spot_img
spot_img

एक महिनामै डेढ खर्ब ब्यापार घाटा

spot_img

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा नेपालले १ खर्ब ४८ अर्ब ब्यापार घाटा ब्यहोरेको छ । साउन महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड बराबरको वस्तु तथा सेवा आयात गरेको नेपालले यस अवधिमा जम्मा ३ अर्ब ८७ करोड बराबरको मात्रै निर्यात गरेको छ । यस आधारमा १ खर्ब ४८ अर्ब ७३ करोड ब्यापार घाटा भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको वैदेशिक ब्यापारको तथ्याङ्क अनुसार नेपालको ब्यापार घाटा गत वर्षको साउन महिनाको तुलनामा २४.८८ प्रतिशतले बढेको छ । गत वर्षको साउनमा १ खर्ब १९ अर्ब ब्यापार घाटा थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा आयात ३१.०४ प्रतिशतले र निर्यात ६१.७२ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउन महिनामा १ खर्ब १९ अर्ब ब्यापार घाटा थियो । गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले १७ खर्ब ८१ अर्ब ब्यापार घाटा ब्यहोरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा...

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत...

श्रम मन्त्रीलाई भेटेर महासंघले भन्यो, ‘श्रम कानून रोजगारी र लगानीमैत्री बनाइयोस्’

नेपाल उद्योग वाणिज्य महासंघले युवा, श्रम तथा रोजगार मन्त्री...

वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो

वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ...

जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

‘एलनिनो’ले जलविद्युत, सिँचाइ र खाद्य सुरक्षामै गम्भीर असर पार्दैछ: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको...
spot_img