Friday, August 21, 2026
spot_img
spot_img

नाडा महासचिवलाई प्रश्नः ईभीको तीव्र आयातले उपभोक्तामा अन्योलता त बढाएको छैन ?

spot_img

भदौ गते मंगलबारबाट १८औँ संस्करणको ‘नाडा अटो शो’ आयोजना हुँदैछ । आयोजक संस्था ‘नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल’ले आफ्नो ५०औँ वार्षिकउत्सवलाई मध्यनजर गर्दै यसवर्ष अटो शोलाई अझ भव्य र विशेष बनाउने तयारी गरिरहेको छ ।

२ लाख आगन्तुकहरुले अवलोकन गर्ने लक्ष्य लिइएको अटो शोमा विभिन्न कम्पनीहरुले भित्र्याइरहेका ब्राण्डको नयाँ मोडलको लन्चदेखि नेपालमै निर्मित यात्री स्कूटरसमेत प्रदर्शनी हुनेछ । यसै सेरोफेरोमा बिजनेश पानाले नाडाका महासचिव एवम् एमएडब्ल्यू ग्रुपका कार्यकारी निर्देशक (पीआर) मिलनबाबु मल्लसँग अटो शोको तयारी, यस संस्करणको महत्व र समग्र अटोमोबाइल्स बजारको अवस्थाबारे कुराकानी गरेको छ ।

अटो शो नजिकिँदैछ, तयारी कस्तो हुँदैछ ?

नाडा अटो शो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीमा सहभागी हुने कम्पनीहरुले आफूले लन्च गर्न लागेको मोडल र ब्राण्डको आयात गरिरहनु भएको छ । स्टल निर्माणको काम पनि सुरु हुँदैछ ।

अटोमोबाइल्स व्यवसायीदेखि अटो पारखी र प्रेमीहरुले प्रतिक्षा गर्ने एकमात्र शो भएको हुनाले अटो शो सधैँ विशेष रहन्छ । यसवर्ष पनि विगत वर्षहरुको जस्तै उत्साहपूर्ण सहभागीता र उल्लासमय उत्सवका रुपमा अटो शो आयोजना हुनेछ ।

हरेक वर्ष नाडाले केही न केही फरक सन्देश दिने गरेको छ । यसपाली चाहिँ भिजिटर्सहरुले अटो शो मार्फत के सन्देश पाउनु हुनेछ ?

१८औँ संस्करणसम्म आइपुग्दा अटो शो भनेको नै नाडा अटो शो भन्ने कुरा प्रमाणित भइसकेको छ, यो अब भनिरहनु पनि पर्दैन । हरेक संस्करण विशेष छन्, यसवर्ष मुख्यगरी २ वटा कुराले अटो शो विशेष हुनेछ ।

पहिलोः नाडा स्थापनाको ५० वर्ष भएको छ । नाडाको ५०औँ वार्षिकोत्सवलाई जोडेर हामीले ‘स्वर्ण उत्सव संस्करण’का रुपमा १८औँ अटो शो आयोजना गर्दैछौँ । यसबाट संस्थाको निरन्तरता, गरिमा र उचाई प्रष्ट हुनेछ ।

दोस्रोः यसवर्ष अटो शोमा नेपालमै बनेको यात्री स्कूटर लन्च हुँदैछ । नेपाली इन्जिनियरहरुले बनाएको यो स्कूटर सबैले अवलोकन गर्न पाउनु हुनेछ, यसका विशेषताबारे जानकारी लिन सक्नु हुनेछ । यसबाट नेपालको अटोमोबाइल्स क्षेत्र आयात, एसेम्बल हुँदै अब उत्पादनमा प्रवेश गरेको स्पष्ट सन्देश अटो शोमार्फत प्रवाह हुनेछ ।

यीबाहेक अटो शोमा अरु आकर्षण के हुनेछन् ?

नेपालमै बनेको सवारी साधन, नेपालमै एसेम्बल भएका सवारी साधन, नेपालमा बनेका अटोकम्पोनेन्टदेखि विश्व बजारमा विकसित भइरहेका आधुनिक र नयाँ नयाँ प्रविधिहरु एकै स्थानमा देख्न, हेर्न र अनुभव गर्न पाइने भएकैले नाडा अटो शो विशेष रहँदै आएको छ । यसै शिलशिलामा यसवर्ष २०० भन्दा बढी स्टलहरु रहनेछन् । चार पाङ्ग्रे, दुइ पाङ्ग्रेदेखि लाइट कमर्सियल र कम्पोनेन्ट सम्मका स्टल त हुन्छन् नै, साथमा बैंक तथा बीमा कम्पनीका स्टल पनि उपलब्ध हुन्छन् । अटो शोमा अटोमोबाइल्स क्षेत्रसँग जोडिने सबै कुराको प्रत्यक्ष अनुभव र सहजीकरण एकै छानामुनी उपलब्ध हुनेछ ।

हामीले ‘मेड इन नेपाल’का लागि छुट्टै पेभेलियन राखेका छौँ । आधुनिक रोबोटको प्रदर्शनी रहनेछ । हरेक दिन हामीले विभिन्न नीतिगत डायलग कार्यक्रम गर्नेछौँ । यी सबै कुराहरुले नाडा अटो शोलाई व्यवस्थित र भव्य बनाउने हाम्रो विश्वास छ ।

विगतमा भिजिटर्सहरुले पार्किङ लगायतका समस्या भोग्नु परेको गुनासो गरेको सुनिन्थ्यो, यसपाली कसरी व्यवस्थापन गर्नु भएको छ ?

हामीले हरेक वर्ष सबैभन्दा धेरै भोग्दै आएको समस्या पार्किङकै हो । भृकुटीमण्डप परिसरमा पार्किङको उचित प्रबन्धका लागि ठाउँ नै छैन, त्यहीँ भएर हामीले बाहिर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

यसपाली हामीले प्रदर्शनीस्थल अगाडि रहेको पुलिस क्लब, सिंहदरबार अगाडिको नेशनल ट्रेडिङ (शनिबार पार्किङका लागि), सुन्धारा लगायतका क्षेत्रमा पार्किङको प्रबन्ध गरेका छौँ । ति स्थानमा आफ्ना सवारी साधन पार्किङ गरेपछि भिजिटर्सहरु सटल बस सेवामार्फत प्रदर्शनीस्थल पुग्न सक्नुहुन्छ । हामीले अटो शो अवधिभर भकृटीमण्डप, शहीदगेट, सुन्धारा, बीर हस्पिटल हुँदै निरन्तर निःशुल्क सटल बस चलाउँदैछौँ ।

वर्षाले कुनै अवरोध नगरोस् भनेर हामीले त्यहीँ अनुसार प्रदर्शनीस्थललाई व्यवस्थित बनाउने गरी काम गरिरहेका छौँ । विद्युत आपुर्तिमा समस्या नहोस् भनेर हरेक वर्ष जस्तै यसपाली पनि जेनेरेटरको समेत व्यवस्था मिलाएका छौँ । भिजिटर्सहरुलाई सहज होस् भन्नका लागि हामीले अधिकतम् प्रयत्न गरेका छौँ ।

अहिले बजारमा ईभी ल्याउने तीव्र प्रतिस्पर्धा देखिँदैछ, यसले उपभोक्तालाई वास्तवमै अप्सन प्रदान गरेको छ कि अन्योलता बढाएको छ ?

बजारमा प्रतिस्पर्धा बढ्नु उपभोक्ता र सेवाग्राहीका लागि लाभदायक नै हुन्छ । यो गाडी र अटोमोबाइल्स व्यवसायमा मात्रै होइन, जुनसुकै वस्तु तथा सेवामा पनि प्रतिस्पर्धा हुँदा गुणस्तर र मूल्यमा उपभोक्ताले छनोटको विकल्प पाउनुहुन्छ ।

यस्तो खालको प्रतिस्पर्धाबाट नेपाली दाजुभाइ दिदीबहिनीहरुले विश्व बजारमा विकास भएका नयाँ नयाँ प्रविधिहरुको उपयोग गर्न पाउनु भएको छ । विश्वमा बढ्दो प्रविधिको प्रयोगका कारण नेपालमा पनि ईभीहरु लोकप्रीय भइरहेका छन् । अटो शोमा पनि चार पाङ्ग्रेतर्फ स्वभाविक रुपमा ईभीकै बाहुल्यता रहने देखिन्छ ।

ईभी भनेको नेपालको ऊर्जा खपतको एउटा भरपर्दो माध्यम पनि बनिरहेको छ । सरकारले पनि ईभीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यो पनि हाम्रो जस्तो मुलुकका लागि राम्रो कुरा हो ।

अहिलेको आधुनिक युगमा आफ्नो लागि सुहाउँदो वस्तु कुन हो ? किन यो चिज मेरा लागि अनुकुल छ भन्ने कुराको निर्णय गर्न आम उपभोक्ताहरु पनि सक्षम हुनुहुन्छ । यसकारण बजारमा बढ्दो प्रतिस्पर्धाले अन्योलताभन्दा पनि उपभोक्तालाई छनोटको विकल्प नै दिएको हुन्छ । विकल्प बढी भएपछि तुलना गरेर उचित निर्णय लिन उपभोक्तालाई सहज पनि हुन्छ ।

अन्त्यमा, आम उपभोक्ताहरुका लागि अटो शोसँग सम्बन्धित सन्देश के छ ?

नाडा स्थापनाको ५० वर्ष भएको छ । हामीले यसपाली अटो शोलाई संस्थाको गौरवमय ५०औँ वार्षिकउत्सवसँग जोडेर भव्य रुपमा आयोजना गर्दैछौँ । एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स नाडा अटो शो २०२६ तपाईहरु सबैको शो हो, यस सुखद क्षणमा उपस्थित हुनु होला, विश्व अटो बजारमा भइरहेको आधुनिक प्रविधिको प्रयोगबारे जानकारी लिनु होला र नेपालमै बनेको यात्री स्कूटरसमेत प्रदर्शनी हुने भएकाले स्वदेशी उत्पादनबारे बुझ्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा...

लिस्टेड कम्पनीका सीइओ र संचालकको ब्रोकरसँग नाता खोतल्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत...

श्रम मन्त्रीलाई भेटेर महासंघले भन्यो, ‘श्रम कानून रोजगारी र लगानीमैत्री बनाइयोस्’

नेपाल उद्योग वाणिज्य महासंघले युवा, श्रम तथा रोजगार मन्त्री...

एक महिनामै डेढ खर्ब ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना (साउन) मा...

वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो

वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ...

जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....
spot_img