तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २८८.३८ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले ८ करोड ९३ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ३० लाख थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १५ करोड ४९ लाखबाट बढेर १८ करोड २६ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पुंजी ८० करोड रहेको छ भने रिजर्भमा २ करोड ९० लाख रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ १७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०३ रुपैयाँ ६४ पैसा रहेको छ।










