Sunday, August 9, 2026
spot_img

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

spot_img

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रा.लि. ले सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ हाल बीवाईडी चढिरहेका ग्राहकको स्वामित्व अनुभवलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।

साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो । यो अभियान अब देशभर रहेका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागू भएको कम्पनीले जनाएको छ । यो अभियानले ग्राहक यात्राको प्रत्येक चरणमा ‘सुपेरियर र सिन्सियर सर्भिस’ उपलब्ध गराउने बीवाईडी नेपालको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।

यो अभियान नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु भएको हो । आगामी अगस्ट ११, २०२६ अर्थात् साउन २७ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमार्फत उपलब्ध हुने नेपाली अटोमोबाइल तथा विद्युतीय सवारी क्षेत्रका लागि महत्वपूर्ण सप्ताहलाई यसले थप विशेष बनाउने अपेक्षा गरिएको छ ।

नेपालको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा बीवाईडीले सवारी बिक्रीसँगै ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ। ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियानले प्रोफेसनल मेन्टिनेन्स तथा सर्भिस, इन्टेलिजेन्ट कनेक्टेड कार सर्भिस र भरपर्दो स्वामित्व सुरक्षा लगायतका सेवालाई एउटै पहलअन्तर्गत समेटेको छ। यसका लागि एनसेल, हिमालयन एभरेस्ट इन्स्योरेन्स तथा शिखर इन्स्योरेन्ससँग सहकार्य गरिएको छ ।

अभियानको महत्वपूर्ण पक्षका रूपमा सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभिसेन लगायतका फिचर उपलब्ध नभएका योग्य सवारीसाधनमा बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन निःशुल्क उपलब्ध गराइनेछ । यसबाट पुराना ग्राहकले पनि बीवाईडीका नयाँ कनेक्टेड भेइकल एक्सपेरियन्स निःशुल्क लिन सक्नेछन् ।

‘केयर प्लस’ का थ्री पिलर्स
बिक्रीपछिको स्वामित्व अनुभवलाई नयाँ स्तरमा पु¥याउने उद्देश्यले यो अभियान तीनवटा पिलरमा तयार गरिएको कम्पनीले जनाएको छ ।

‘केयर प्लस’ले बीवाईडीको आधिकारिक सर्भिस सिस्टममार्फत ग्राहकलाई बिक्रीपछिको उच्च स्तरीय सेवा उपलब्ध गराउनेछ । यसअन्तर्गत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा सर्टिफाइड बीवाईडी टेक्निसियनबाट सर्भिस उपलब्ध हुनेछ ।

‘कनेक्ट प्लस’मार्फत स्मार्ट कनेक्टिभिटी
‘कनेक्ट प्लस’ अन्तर्गत ग्राहकलाई सवारीसँग सम्बन्धित थप डिजिटल सुविधा लिन सहज बनाइनेछ। यसमा सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी समावेश छन् । यी सेवाका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ ।

‘प्रोटेक्ट प्लस’ले स्वामित्वलाई थप सुरक्षित बनाउने
‘प्रोटेक्ट प्लस’ अन्तर्गत ग्राहकलाई बीमा सम्बन्धी परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ। यसमा १० वर्षसम्मको विस्तारित वारेन्टी सम्बन्धी सुविधा पनि समावेश छ ।

त्यस्तै, दुर्घटना भएको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरण गरिनेछ । यसका लागि बीवाईडी नेपालका बीमा साझेदार शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन् ।

ग्राहकका लागि विशेष सुविधा
अभियानअन्तर्गत बीवाईडी ग्राहकले विभिन्न विशेष सुविधा प्राप्त गर्नेछन् । जसमा ब्याट्री कभरमा १० प्रतिशत छुट, स्पेयर टायरमा १० प्रतिशत छुट तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट रहेका छन् ।

यसका साथै ग्राहकले एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा प्राप्त गर्नेछन् । यसअघि बीवाईडी एप कनेक्टिभिटी सुविधा नपाएका योग्य विद्यमान ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत प्राप्त गर्नेछन् ।

यी सुविधाले बीवाईडी नेपालको उत्कृष्ट बिक्री पछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिस प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउनुका साथै ग्राहकलाई आफ्नो सवारीमा उपलब्ध अत्याधुनिक प्रविधिका सम्पूर्ण सुविधाहरु सहज रूपमा उपयोग गर्ने अवसर प्रदान गर्नेछ ।

अभियान शुभारम्भका अवसरमा साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी डेलिभरीपछि सुरु हुने बताए । “बीवाईडी नेपालमा हामी ग्राहकको स्वामित्व यात्रालाई सवारी हस्तान्तरणपछि अझ महत्वपूर्ण मान्छौं, ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियानमार्फत हामी प्रोफेसनल सर्भिस, स्मार्ट कनेक्टिभिटी र व्यापक स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरमा उपलब्ध गराउँदैछौं”, उनले भने “हाम्रो उद्देश्य प्रत्येक बीवाईडी ग्राहकलाई विश्वास, सहजता र मानसिक शान्तिको अनुभव दिलाउनु हो, जुन हाम्रो ‘सुपेरियर एन्ड सिन्सियर सर्भिस’ अर्थात उत्कृष्ट र इमानदार सेवाप्रतिको प्रतिबद्धताको आधार हो ।”

यस अभियानले नेपालको विद्युतीय सवारीसाधनको बिक्रीपछिको सेवा प्रणालीलाई थप सुदृढ बनाउन, डिजिटल क्षमताको विस्तार गर्न तथा ग्राहकलाई थप मूल्य प्रदान गर्न विश्वसनीय साझेदारहरूसँग सहकार्य गर्ने बीवाईडी नेपालको निरन्तर लगानी र प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्दछ । यही प्रयासलाई निरन्तरता दिँदै बीवाईडी नेपालले आगामी नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना नवीनतम उत्पादन तथा सेवाहरू सार्वजनिक रूपमा प्रस्तुत गर्नेछ ।

बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क हाल धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोडमा रहेका छन् ।

ग्राहकलाई अझ सहज र पहुँचयोग्य सर्भिस सुविधा प्रदान गर्ने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप ३ वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको छ ।

उच्च स्तरीय बिक्रीपछिको सेवा, कनेक्टेड प्रविधि तथा स्वामित्व अवधिभरको व्यापक सुरक्षालाई एकीकृत गर्दै बीवाईडी नेपालले आफूलाई नेपालको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा मात्र नभई तीव्र रूपमा विकसित हुँदै गएको नेपालको मोबिलिटी क्षेत्रमा ग्राहक सेवाको नयाँ मापदण्ड स्थापित गर्ने ब्रान्डका रूपमा समेत थप मजबुत बनाउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...

फेरि ३ लाख नाघ्यो सुनको भाउ

आज आइतबार पनि सुनचाँदीको भाउ बढेको छ । शुक्रबार...
spot_img