Sunday, August 9, 2026
spot_img

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

spot_img

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक पूँजी बजारमा सबै लगानीकर्तालाई एउटै वर्गमा राखेर समान नियामकीय व्यवस्था लागू गर्नु उपयुक्त नमानिने भन्दै बोर्डले लगानीकर्ता वर्गीकरणको प्रस्ताव गरेको हो।

लगानीकर्ताको वित्तीय क्षमता, जोखिम वहन गर्ने योग्यता, लगानी अनुभव, सूचना विश्लेषण गर्ने क्षमता तथा लगानी उद्देश्य फरक हुने भएकाले उनीहरूको वर्गीकरण (Investor Classification) पूँजी बजार नियमनको आधारभूत तत्वका रूपमा विकसित भएको बोर्डले उल्लेख गरेको छ । लगानीकर्ता वर्गीकरणले केवल IPO बाँडफाँटलाई मात्र नभई यसले सार्वजनिक निष्काशन, बुक बिल्डिङ्ग, डेरिभेटिभ कारोबार, योग्य संस्थागत लगानीकर्ता (Qualified Institutional Buyers ), सूचना प्रवाह, लगानीकर्ता संरक्षण तथा बजार विकासका अन्य धेरै पक्षहरूलाई पनि प्रत्यक्ष प्रभाव पार्ने बोर्डले जनाएको छ।

बोर्डले नेपालका लगानीकर्तालाई Retail Investors, High Net Worth Investors (HNI), Qualified Institutional Buyers (QIB), Anchor Investors, Strategic Investors, Employee Category र Promoter Category गरि ७ वटा समूहमा वर्गीकरणको प्रस्ताव गरेको छ।

Retail Investors मा सामान्य व्यक्तिगत लगानीकर्ता रहने छन्। सरल आवेदन प्रक्रिया, उच्चस्तरको सूचना प्रवाह तथा नियामकीय संरक्षण आवश्यक हुने यस समूहमा रहने छन्। साना लगानीकर्ताको सहभागिता तथा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आवश्यक भएमा Small Retail Investors छुट्टै उप-वर्ग निर्धारण गर्न सकिने बोर्डले जनाएको छ।

High Net Worth Investors (HNI) मा उच्च वित्तीय क्षमता भएका व्यक्तिगत लगानीकर्ता रहने छन्। जसले ठूलो परिमाणमा लगानी गर्न सक्ने र अपेक्षाकृत उच्च जोखिम वहन गर्न सक्ने क्षमता राख्छन्।

Qualified Institutional Buyers (QIB) मा व्यवसायिक रूपमा नियमन गरिएका तथा पर्याप्त वित्तीय तथा विश्लेषणात्मक क्षमता भएका संस्थागत लगानीकर्ता रहने छन् । यसमा Mutual Funds, Insurance Companies,  Pension Funds, Licensed Investment Companies, Banks र अन्य नियामकीय रूपमा स्वीकृत संस्थागत लगानीकर्ता रहने छन् ।

Anchor Investors मा बुक बिल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्काशनमा प्रारम्भिक चरणमै निश्चित अवधिका लागि लगानी प्रतिबद्धता गर्ने योग्य संस्थागत लगानीकर्ता रहने छन् ।

Strategic Investors मा दीर्घकालीन रणनीतिक उद्देश्यका लागि लगानी गर्ने व्यक्ति वा संस्था रहने छन्।  जसले कम्पनीको विकासमा मूल्य अभिवृद्धि गर्न सक्ने क्षमता राख्छ ।

कम्पनीका कर्मचारीका लागि छुट्टै आरक्षण वा प्रोत्साहन व्यवस्था आवश्यक भएमा स्पष्ट मापदण्डसहित लागू गर्नेगरि Employee Category प्रस्ताव गरिएको छ।

त्यस्तै प्रवर्द्धक तथा नियन्त्रण समूहका लागि छुट्टै स्वामित्व, Lock-in तथा जानकारी सम्बन्धी व्यवस्था कायम रहने गरि Promoter Category प्रस्ताव गरिएको छ।

नेपालमा Investor Classification Framework विकास गर्दा  प्रत्येक लगानीकर्ता वर्गको स्पष्ट कानूनी परिभाषा तथा योग्यता निर्धारण गर्ने बोर्डले जनाएको छ । त्यस्तै आईपीओ बाँडफाँट प्रणालीलाई लगानीकर्ता वर्गीकरणसँग जोड्ने, QIB तथा Anchor Investor सम्बन्धी व्यवस्था Investor Classification Framework सँग एकीकृत गर्ने ,  उच्च जोखिम भएका वित्तीय उपकरणहरूमा लगानीकर्ताको वर्गअनुसार पहुँच निर्धारण गर्ने र बजार विकाससँगै वर्गीकरण मापदण्डहरूको नियमित पुनरावलोकन गर्ने बोर्डको प्रस्ताव छ।

लगानीकर्ताको जोखिम क्षमता अनुसार नियमन लागू गर्ने, IPO बाँडफाँट प्रणालीलाई व्यवस्थित बनाउन, Book Building प्रणालीलाई सुदृढ गर्ने, संस्थागत लगानीकर्ताको भूमिका स्पष्ट गर्न, लगानीकर्ता संरक्षणको स्तर जोखिमअनुसार निर्धारण गर्न र नयाँ वित्तीय उपकरणहरूको सुरक्षित विकास गर्नु लगानीकर्ता वर्गीकरणको मुख्य उदेश्य रहेको बोर्डले जनाएको छ।

बोर्डले भनेको छ ‘लगानीकर्ता वर्गीकरण आधुनिक पूँजी बजारको आधारभूत नियामकीय संरचना हो। नेपालमा बजार विस्तारसँगै सबै लगानीकर्तालाई एउटै दृष्टिकोणबाट नियमन गर्नु उपयुक्त हुँदैन । त्यसैले वित्तीय क्षमता, जोखिम वहन क्षमता तथा लगानी उद्देश्यका आधारमा स्पष्ट वर्गीकरण विकास गरी त्यसलाई IPO, Book Building, Allocation, Disclosure तथा Investor Protection Framework सँग एकीकृत गर्न आवश्यक छ ।’

नेपालमा आधुनिक, जोखिम – आधारित तथा अन्तर्राष्ट्रिय अभ्यास अनुकूल Investor Classification Framework विकास गर्नु प्राथमिक पूँजी बजार सुधारको महत्वपूर्ण आधार हुने बोर्डले प्रष्ट पारेको चाह। स्पष्ट लगानीकर्ता वर्गीकरणले IPO बाँडफाँट, बुक बिल्डिङ्ग, लगानीकर्ता संरक्षण, सूचना प्रवाह तथा नयाँ वित्तीय उपकरणहरूको सुरक्षित विकासका लागि सुदृढ नियामकीय आधार निर्माण गर्ने बोर्डको विश्वास छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...

फेरि ३ लाख नाघ्यो सुनको भाउ

आज आइतबार पनि सुनचाँदीको भाउ बढेको छ । शुक्रबार...
spot_img