आज आइतबार पनि सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ८३ रुपैयाँ तोकिएको छ ।









