रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य आयोजना निर्माणको तयारी थालेको छ। कम्पनीले धादिङको सलाङमा ४९ मेगावाट क्षमताको धादिङ सौर्य विद्युत आयोजनाको लागि सर्वेक्षण अनुमति माग गर्दै गत असार २३ गते विद्युत विकास विभागमा आवेदन दिएको हो ।
विभागबाट सर्वेक्षण अनुमति पाएपछि कम्पनीले आयोजना सर्वेक्षणको कार्य अगाडि बढाउने छ । यस कम्पनीले यस अघि नै १३ स्थानमा रहेका भाटभटेनी सुपरमार्केटको छतमा रुफटप सोलार आयोजना संचालन गरिरहेको छ।
यस कम्पनीका अध्यक्ष मिन बहादुर गुरुङ हुन् । कम्पनीमा उमेश श्रेष्ठ, किरण कुमार श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, राम कृष्ण खतिवडा, र विदुरराज गौतमको लगानी छ ।









