Thursday, July 23, 2026
spot_img

नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

spot_img

नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रा.लि. ले प्रिमियम इलेक्ट्रिक फोर ह्विल ड्राइभ पिकअप MAXUS TERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य रु. ८८,००,००० तोकेको छ । यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ।

कम्पनीका अनुसार शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको TERRON 9 Comfort दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त छ । गाडीमा १०२.२ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपालकै सबैभन्दा ठूलो क्षमता भएको ब्याट्री प्याक हो। जसले एकपटक पूर्ण चार्ज गर्दा NEDC मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसले ११५ kW सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले भनेको छ ‘eTERRON 9 Comfort मा अगाडि १२५ kW र पछाडि २०० kW क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन् । यसले कुल ७०० Nm टर्क उत्पादन गर्छ । गाडीले केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।’

हिमालय मोट्रक्स प्रा.लि.का प्रतिनिधिले भने, “MAXUS eTERRON 9 Comfort ले लामो इलेक्ट्रिक रेन्ज, शक्तिशाली फोर-विल ड्राइभ क्षमता सहित उच्च हिमाली क्षेत्र, हिलो सडक, ढुङ्गे सडकमा चलाउन मिल्ने मोडहरू भएको उच्च सुरक्षा र आरामलाई एउटै गाडीमा समेटेको छ ।”

कम्पनीका अनुसार MAXUS eTERRON 9 Comfort ले १,०५० केजीसम्म सामान बोक्न सक्छ भने यसको ब्रेकसहितको टोइङ क्षमता ३,५०० केजीसम्म रहेको छ । यसको कार्गो बक्सको आकार १,५६९ मिमि × १,५०० मिमि x ५३५ मिमि रहेको छ । यसमा व्यावसायिक सामान, यात्रा सामग्री तथा दैनिक प्रयोगका विभिन्न सामग्री सजिलै राख्न सकिन्छ ।

गाडीमा विभिन्न प्रकारका सडक र भू-भागमा सहज रूपमा चलाउन सहयोग गर्ने All-Terrain System (ATS) दिइएको छ । यसले ५४५ मिमि गहिराइसम्मको पानीमा चल्न सक्ने क्षमता राख्छ । गाडीको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको कम्पनीले जनाएको छ। डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी-लिक इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको फरक-फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ।

पाँचजना यात्रुका लागि तयार गरिएको eTERRON 9 Comfort को क्याबिन फराकिलो र आधुनिक छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन् ।

गाडीका मुख्य सुविधा:
Apple CarPlay Android Auto
• अटोमेटिक एयर कन्डिसनिङ
• ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट
• मल्टिफड्सन माइक्रोफाइबर लेदर स्टेयरिङ हिवल
• पछाडिका यात्रुका लागि एसी आउटलेट
• USB र Type-C चार्जिङ पोर्ट
• चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा
• अटोमेटिक हेडलाइट र वाइपर
• बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने Vehicle-to-Load सुविधा
• वन-टच पावर विन्डो

कम्पनीका अनुसार MAXUS eTERRON 9 ले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । जुन रेटिङ नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन् । यसले गाडीको बलियो सुरक्षा क्षमता तथा
यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँने कम्पनीले जनाएको छ । साथै बिक्रीपछिको सेवाका लागि नेपालभर ६ प्रमुख सहरहरूमा यसको सर्भिस आउटलेटहरू उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना...

शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर...

एम्बुलेन्स दर्ता मै सकस: नेपालले परिस्थिति बुझेर कानुन बनाउँछ कि अनावश्यक सिको गरेर ?

दीपक थपलिया  यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो । हालै...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार...

ऊर्जा व्यापारमा कीर्तिमान: भारत र बङ्गलादेशमा बिजुली निर्यातबाट २९.३२ अर्ब आम्दानी

नेपालले ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान हाँसिल गरेको छ ।...

कालो सिसाको लफडाले एम्बुलेन्सको दर्तासमेत सकस

कालो सिसा भएका सवारी साधनको दर्ता बन्द भएपछि त्यसको...
spot_img