Tuesday, August 18, 2026
spot_img

इरानी हमलाको प्रभावः कुवेत र इराकमा रहेका नेपालीलाई दूतावासले गर्‍यो यस्तो आग्रह

spot_img

कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय सुरक्षा अवस्था ध्यानमा राखेर सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको हो ।

दूतावासले एक सूचना जारी गरेरै कुवेत र इराकका आधिकारिक निकायबाट जारी हुने निर्देशन तथा सूचनाको पूर्णपालना गर्न नेपाली समुदायलाई अनुरोध गरेको छ ।

अपुष्ट तथा भ्रामक सूचना सामाजिक सञ्जालमा सेयर नगर्न र प्रतिबन्धित गतिविधिमा संलग्न नहुन पनि दूतावासले भनेको छ । आकाशमा देखिने कुनै पनि हवाई आक्रमण, प्रतिरक्षा गतिविधि वा त्यस्ता घटनासँग सम्बन्धित तस्विर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न पनि दूतावासले अनुरोध गरेको छ ।

शंकास्पद वस्तुको नजिक नजान तथा साइरन बज्नासाथ भवन बाहिर रहेका व्यक्तिहरुले तुरुन्तै नजिकको भवनभित्र आश्रय लिन र भवनभित्र रहेका व्यक्तिले सुरक्षित स्थानमै बस्न आग्रह गर्दै दूतावासले भवनभित्र बस्दा पनि सिसा भएका झ्याल वा बार्दली नजिक नबस्न भनेको छ ।

इरानले खाडी लक्षित आक्रमण सुरु गरेपछि दूतावासले यस्तो निर्देशन जारी गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img