Tuesday, August 18, 2026
spot_img

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’ शोरुम सञ्चालनमा

spot_img

नेपालको फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड ‘लामिनार’ले काठमाडौँ उपत्यकाभित्र थप दुईवटा एम्पोरियो डिलर शोरुमहरू सञ्चालनमा ल्याएको छ । लामिनारले काठमाडौँको शङ्खरापुर नगरपालिका, साङ्खुस्थित सुपर सप्लायर्स प्रा.लि. र गोकर्णेश्वर नगरपालिका, जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी दुई नयाँ शोरुमहरू सुरु गरेको हो ।

बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स हुन् । निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । लामिनार शोरुमहरूमा फुल–बडी, एन्टिब्याक्टेरियल सर्फेस र हाइ ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उपलब्ध छन् ।

यी शोरुमहरू विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएका हुन् । शोरुममा टाइल छनोट गर्दा कुन प्रयोजनका लागि कस्तो प्रकारको टाइल उपयुक्त हुन्छ भनेर परामर्श दिने कार्यलाई पनि प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले भने, ‘लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्दछन् । अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ ।’

त्यसैगरी, सुपर सप्लायर्स प्रा.लि.का अध्यक्ष भँवर लाल बिश्नोईले आजकल ग्राहकहरू टाइल किन्दा डिजाइन मात्र नहर्ने र यो कत्तिको टिकाउ छ र सफा गर्न कत्तिको सजिलो छ भन्ने कुरा पनि हेर्न थालेको बताए । उनका अनुसार यो शोरुमले ग्राहकलाई त्यही कुरा बुझाउन मद्दत गर्नेछ ।

‘हामी अहिले स्थानीय स्तरबाटै गुणस्तरीय टाइल्स बिक्री वितरण गरिरहेका छौँ । हामी यी टाइल्सहरू नेपालमै उत्पादन गर्छौँ । गुणस्तरमा कुनै सम्झौता नगर्नुु नै हाम्रो मुख्य मन्त्र हो’ लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले भने ।

यस्तै, बंसल टाइल्स एन्ड ग्रेनाइट हबका अध्यक्ष निशान्त अग्रवालले ग्राहकले टाइल छनोट गर्ने तरिकामा स्पष्ट परिवर्तन देखिएको भन्दै डिजाइन बाहेक उनीहरू टिकाउपन, मर्मतसम्भारको सहजता, सुरक्षा र प्रमाणीकरणका बारेमा पनि स्पष्ट हुन चाहने बताए ।

लामिनारले देशभर एम्पोरियो शोरुम सञ्जाललाई थप विस्तार गर्ने र उपयोगिता अनुसार टाइल बुझ्ने र छनोट गर्ने प्रक्रियालाई अझ व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ। कम्पनीले १६० भन्दा बढी शोरुमहरू विस्तार गर्ने लक्ष्य लिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img