Tuesday, August 18, 2026
spot_img

बाढी र पहिरोः देशका मुख्य राजमार्ग अवरुद्द, कतै एकतर्फी सञ्चालन

spot_img

गएराती देखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने कुनै सडकखण्डमा एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

सडक विभागका अनुसार २०८३ असोज २९ गते बिहान ६ः३० बजेसम्म देशका विभिन्न प्रदेशका राजमार्गहरू प्रभावित भएका छन् । सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा भासिएको सडक मर्मत पश्चात खुलिसकेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्णरूपमा अवरुद्ध छ । तिल्केनी सिमलगोलाई सडकको जोगमाई र इलाम बेलासी सडक खण्डको पुवाखोला डाइभर्सनमा बाढीले बगाएपछि यातायात अवरुद्ध भएको हो ।

बागमती प्रदेश अन्तर्गत काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएका छन् ।

कास्कीको पोखरा–ताउतिङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडक खण्डमा यातायात अवरुद्ध भएको छ । पाल्पाको सिद्धार्थ राजमार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img